काठमाडौं : ११ खेलबाट २९ अंक जोडेको मछिन्द्र फुटबल क्लबले शहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि जितेको छ । शहिद स्मारक ए डिभिजन लिगको ११ औं चरण अन्तर्गत खेलमा सातदोबाटो युथ क्लबलाई पराजित गर्दै मछिन्द्रले उपाधि जितेको हो । सातदोबाटोबिरुद्ध मछिन्द्रलाई जित दिलाउन फरवार्ड नोर्लान नोभ्रुजोभले निर्णायक गोल गरेका हुन् । मछिन्द्रले लगातार दोश्रो पटक लिगको उपाधि जितेको हो ।
