काठमाडौं– यो वर्षको बालोन डी ओर अर्जेन्टिनाका स्टार फुटबलर लिओनल मेस्सीले जितेका छन् । यो सिजन बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन गएका उनले उनले यो अवार्ड कीर्तिमानी सातौ पटक जितेका हुन् । यसअघि उनले २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा सो अवार्ड जितेका थिए। मेस्सीले यो वर्ष अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताउन मदत गरेका थिए ।
फ्रेन्च फुटबलले खेल पत्रकार, राष्ट्रिय टिमका कप्तान र प्रशिक्षकहरुको भोटको आधारमा विजेता घोषणा गरेको हो। महिलातर्फको बालोन डीओर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् ।
