काठमाडौं- नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ कात्तिक २९ गतेदेखि हुने भएको छ।
उक्त प्रतियोगितामा तीन विभागीय टिमसहित करिब २५० खेलाडीको सहभागिता रहने छन्। पुरुषमा १३ र महिलामा ८ गरी जम्मा २१ स्पर्धामा प्रतिस्पर्धा हुने छ।
