शुक्रबार राति भएको साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १-० गोलले पराजित गरेको छ । ६९ मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान छिरेका मनिष डाँगीले ८६ मिनेटमा उत्कृष्ट गोल गरेका थिए।
साफ च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ।
अब हुने नेपालको खेल तालिका:
नेपाल भर्सेस श्रीलंका – असोज १८ गते – राति ९:४५ बजे
नेपाल भर्सेस भारत – असोज २४ गते – राति ९:४५ बजे
नेपाल भर्सेस बंगलादेश – असोज २७ गते – अपरान्ह ४:४५ बजे
