२२ वैशाख, काठमाडौं । यही वैशाख ४ देखि ११ गतेसम्म टीयू मैदानमा भएको त्रिकोणात्मक टी-२० सिरिजमा लगातार तीन अर्धशतक प्रहार गर्दै विश्वकीर्तिमान बनाएका नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को प्लेअर अफ दि मन्थ अवार्डको लागि मनोनयनमा परेका छन् ।

टी-२० डेब्युमै नेदरल्याण्ड्सविरुद्ध अर्धशतक प्रहार गरेका कुशल सँगै पाकिस्तानका दुई खेलाडी बाबर आजम र फखर जमान पनि मनोनयनमा परेका छन । मनोनयनमा परेका कुशललाई भोटिङ गर्नका लागि आईसीसीको वेबसाइटमा गएर आफ्नो नाम र इमेल रजिस्टर गर्नुपर्नेछ ।
