मनाङले पहिलो मनाङ नेसाङ कप फुटबल प्रतियोगिताको फाईनल खेलमा हुम्देलाई १–० पराजित गर्दै नेसाङ कपको उपाधि जितेको छ । मुङ्गजी गाँउको फुटबल मैदानमा सोमबार भएको फाइनलमा एक मात्र निर्णायक गोल तेन्जिङ गुरुङले गरेका थिए ।। उपाधि सहित मनाङले २५ हजार र उपबिजेता हुन्देले १५ हजार प्राप्त गरेको छ ।
प्रतियोगिता अवधिभर चार गोल गरेका अमन खड्का उत्कृष्ट खेलाडी घोषित भए । लिग कम नकआउट प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो ।