मनाङको ३३ सय ५० मिटर उचाइमा रहेको मुङ्गजी गाँउमा पहिलो भ्राका नेसाङ फुटबल लिग शुरु भएको छ । ६ टिम सम्मिलित प्रतियोगिता मुङ्गजी गाँउको फुटबल मैदानमा भएको उद्घाटन खेलमा हुम्देले आयोजक भ्राका युवा क्लबलाई १–० ले स्तब्ध पार्यो ।
अर्को खेलमा मनाङ ए ले पिसाङ युवा क्लबलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो । मनाङ ए को लागि सोनाम ढोन्डुपले दुई गोल, अमन खड्का र तेन्जिङ गुरुङले १–१ गोल गरेका थिए ।
प्रतियोगिताको उद्घाटन प्रदेश सभाका सभासद दिपक मनाङेले गर्नु भएको थियो ।