सन्दिपले खेलिरहेका सिपिएल टी–२० क्रिकेटमा सट्टेबाजी गर्ने चितवनमा ४ युवा पक्राउ परेका छन।
Source: Setopati.com
वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग(सिपिएल टी–२०) क्रिकेटमा बाजी राख्ने २२ वर्षीय रिनाज आचार्य (भरतपुर महानगरपालिका–७), २८ वर्षीय सन्जिल लामिछाने (भरतपुर महानगरपालिका–७) , २८ वर्षीय सविन कँडेल (नवलपरासीको गैंडाकोट नगरपालिका–२) र ३४ वर्षीय राजेश सिग्देल ( गैंडाकोट–२) लाई एक लाख ७२ हजार ५ सय रुपैयाँ र सट्टेबाजीका लागि प्रयोग भएको मोबाइलसहित चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार हाल वेस्टइन्डिजमा चलिरहेको Caribbean premier league (CPL-T20) क्रिकेट खेलमा बाजी राख्न नेपालमै बसी ईन्टरनेट ब्राउजर www.dimondexchange.com लगायतका URL हरूको प्रयोग गरी बिभिन्न ब्रोकर मार्फत आ-आफ्नो व्यक्तिगत खाता बनाई सोही खातामा रकम जम्मा गरी गराई बाजी राख्ने काम गर्दै आएका थिए |